नेपाली कांग्रेसका जिल्ला सभापति कीर्तिबहादुर खड्काले मुलुकको राष्ट्रियता खतरामा रहेको बताउनुभएको छ । बीपि स्मृति दिवसको सन्दर्भमा शनिबार नेपाल तरुण दल तुलसीपुर नगरकमिटिले आयोजना गरेको बृक्षरोपन कार्यक्रमको उद्घाटनमा सभापति खड्काले नेपाली कांग्रेसको नेतृत्वबाट घोषणा भएको नेपालको गणतान्त्रिक संविधान कार्यान्वयन हुन ढिलासँगै मुलुकको राष्ट्रियतामा खतरा बढ्दै गएको टिप्पणी गर्नुभयो ।

0111

उहाँले विभिन्न पक्षबाट संविधान कार्यान्वयन हुन नदिने चलखेल बढ्ेको भन्दै राष्ट्रियताको सवालमा अब सर्वसाधारण नागरिकलाई बुझाउन गाउँगाउँ जानुपर्ने बताउनुभयो । ईकाईका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिंह राठौरको अध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका नेता गोपीनाथ योगी र नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्ती, प्रजातान्त्रिक उद्योगी व्यापार संघ तुलसीपुरका अध्यक्ष जनक खराल, नेपाल प्रेस युनियन दाङका अध्यक्ष सुशील बस्नेतले प्रजातन्त्रको रक्षाका लागि सबैले आ आफ्नो क्षेत्रका भूमिका खेल्न नसके कुनै पनि बेला मुलुक अस्थिर बन्नसक्ने बताउनुभयो ।

बिपि कोईरालाको स्मृतिमा आज तरुण दल तुलसीपुर नगरसमितीले बृक्षा रोपन गरेको छ । नेपाली काँग्रेसुको भातृ संगठनको तुलसीपुर नगरसमितीले काग्रेसका संस्थापनक एबम प्रथम जननिर्बाचित प्रधानमन्त्री कोईरालाको स्मृतिमा आज तुलसीपुरको अरनीको मैदानमा बृक्षा रोपन गरेको छ । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का , तरुनदल दाङका अध्यक्ष टिका घर्ति लगायतका नेताहरु सहभागी भएर कोईराल, गुलमोहर, कल्की लगायत विभिन्न जातका बोटविरुवा रोपेका हुन ।।