काठमाडौं, ८ साउन । सरकारको अर्को घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।
शनिबार बसेको फोरम लोकतान्त्रिक संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आजै बालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा अोलीलाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाउने सो पार्टीका उपाध्यक्ष रामेश्वर राय यादवले जानकारी दिए ।