उपराष्ट्रपति आफ्नो पार्टीले पाउनु पर्ने जसपाको माग छ। सत्तारुढ अन्य दलहरूले भने उपराष्ट्रपति नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति गरेका छन्।
जसपाको भागमा दुई वटा मन्त्रालय परेको छ। तर यो प्रस्तावमा जसपा अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन्।
जसपा प्रचार विभाग प्रमुख पूर्ण  बस्नेत दुई मन्त्रालय लिएर आफ्नो पार्टी सरकारमा नजाने बताउँछन्। उनले हिमालखबरसँग भने, “दुई वटा मन्त्रालय लिएर सरकारमा जानु न्याय संगत हुँदैन।”

प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिनको एक बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी गरेका छन्।