सल्यान, २ माघ। सल्यानमा मामाले आफ्नै ७ वर्षका भान्जाको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका १० माझकाँडा निवासी २४ वर्षीय डम्बर पुरीले सहोदर ठूली दिदीको छोरा रिजन घर्तीलाई घरको हत्या गरेका हुन् । पुरीले घरेलु हतियार खुर्पाले भान्जाको हत्या गरेका हुन् ।
आफ्नै छोरासंग खेलिरहेको भान्जालाई दिउँसो १ जे कुलदेउताको थानमा लगेर खुर्पाले काटेको वडा अध्यक्ष मोतीलाल घर्तीले जानकारी दिए । घरको आँगनमा रहेको मन्दिरमा पुरीले खुर्पा प्रहार गरी भान्जा भिजनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो । पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाडेका थिए ।











