काठमाडौ, २ माघ। पोखरामा आइतवार भएको यती यती एयरलाइन्सको विमान दुर्घटनामा लोक दोहारी गायिका २२ वर्षिया नीरा छन्त्यालको मृत्यु भएको छ ।
लोक दोहारी गायिका छन्त्यालको विमान दुर्घटनामा परेर मृत्यु भएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आज सोमबार देशभरका दोहोरी साँझ बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजीको अध्यक्षमा आइतबार बसेको आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि देशैभरका दोहोरी साँझ पनि बन्द गर्नेसम्म गरेको प्रतिष्ठानले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गर्दै छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको बताइएको छ । छन्त्याल लोक दोहारी क्षेत्रमा उदायदी गायिका हुन् । पोखरामा भइरहेको कार्यक्रमका लागि छन्त्याल काठमाडौंबाट उडेकी थिइन् । पोखरा अवतरण नहुँदै विमान दुर्घटना भएपनि त्यहाँ स्थित कार्यक्रममा पुगेर आफ्नो प्रस्तुती देखाउने उनको सपना अधुरै रहयो ।











