नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका छन्।
उनी काठमाडौंबाट आफ्नो गृहनगर पोखरा फर्कने क्रममा दुर्घटनामा परेका हुन्। माओवादी केन्द्रनिकट प्रेस सेन्टर नेपालका उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए।
प्रेस सेन्टरको पदाधिकारी बैठकका लागि उनी काठमाडौं आएका थिए। कास्की प्रहरीले पत्रकार पौडेल दुर्घटनामा परेको पुष्टि गरेको छ। उनको अवस्थाबारे आधिकारिक जानकारी दिइएको छैन। विमानमा चालक दलका चारसदस्यसहित ७२ जना सवार थिए।
पत्रकार महासंघले उनकाे निधनमा १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेकाे छ। 











