इन्द्रेणी संवाददाता

दुर्घटनाग्रस्त विमानबाट ३२ जनाको शव निकालिएको छ । चालक दलका चार जना सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेपछि हाल उद्दार कार्य जारी छ ।

अत्यन्तै अप्ठ्यारो खोंचमा दुर्घटना परेपछि विमानमा आगो दन्किएको छ भने इन्जिनहरु पड्किन सुरु गरेका छन् ।

दुर्घटनाग्रस्त विमानबाट हाल सम्म ३२ जनाको शव निकालिएपनी दुर्गतानाको अवस्था हेर्दा मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।