काठमाडौं, १ माघ । काठमाडौंबाट चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त भएपछी अहिले उद्धार कार्य जारी छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् । दुर्घटनामा कति व्यक्ति हताहति भए भन्ने अहिलेसम्म खुलेको छैन ।