काठमाडौं, २९ पुस । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । नयाँ बानेश्वरको एक होटलमा आज आयोजित कार्यक्रम भुसाल समाजवादीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा नेता घनश्याम भुसालले ओलीवादका कारण धराशायी बनेको कम्युनिस्ट आन्दोलनलाई आफू प्रवेश गरेको पार्टीले अघि बढाउने बताए ।

नेकपा एमालेका पूर्वउपमहासचिव भुसालले गएको मङ्सिर ४ गतेको चुनावमा टिकट नपाएपछि पार्टी परित्याग गरी रुपन्देही–१ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार भएका उनले चुनाव हारेका थिए ।