तुलसीपुर, ८ साउन
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको आयोजनामा सञ्चालित स्कुल स्कुलमा कार्यक्रम अन्र्तगत आज भएको हाजिरिजवाफ प्रतियोगितामा श्रीदीप सेकेण्डरी स्कुल मानपुर ६ लक्ष्मीपुर दाङ प्रथम भएको छ । प्रतियोगीतामा सहभागी चार विद्यालय मध्य श्रीदीप सेकेण्डरी स्कुल मानपुर ६ का सुशिल धिताल र अनिता डाँगीको समूह प्रथम भएको हो ।
त्यस्तै प्रतियोगीतामा अस्वारा उच्च माविका अमृच वली र चन्द्रलोक विकको समूह दोश्रो भएको छ ।त्यस्तै प्रतियोगीतामा जनप्रीय बाडिङ्ग स्कुल वालापुरका सुनिल आचार्य र स्मृति चौधरीको समूह तेश्रो भएको छ । प्रतियोगीतामा चन्द्र ज्वती बोडिङ् स्कुल पवनगरका रोहित भण्डारी र अनिता न्यौपानेको समूह सान्त्वना भएको छ ।
प्रतियोगितामा सहभागी विद्यार्थी र विद्यालयहरुलाई आजै एक कार्यक्रमका बीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।रेडियो हाम्रो पहुँचका कार्यक्रम संयोजक बसन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले विद्यार्थीको चौतर्फी विकासका लागी अतिरिक्त ज्ञान आवस्यक पर्ने भएकाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
विद्यालयको पढाई व्यवहारीक नभएकाले विद्यार्थीहरुमा व्यावहारीक ज्ञान दिनकालागी यस्ता कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी वनाईनुपर्ने कुरामा जोड दिनुभएको छ ।कार्यक्रमका प्रमुख अतिथि रहनु भएका अध्यक्ष भण्डारीले रेडियोले समाज रुपान्तरणका लागि समूदायको क्षमता अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा स्कुल स्कुलमा कार्यक्रमको आजको श्रृङ्खलाको सहयोगी जागेश्वर नगर टोल विकास संस्थाका अध्यक्ष जागेश्वर वलीले रेडियो हाम्रो पहुँचका कार्यक्रम यस क्षेत्रमै उत्कृष्ट भएको बताउनु भयो ।
कार्यक्रमका विश्ष्टि अतिथि वलीले रेडियो स्थापना देखि नै आफ्नो सहकार्य जारी गरेको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्य नटुटाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारीको सञ्चालनबाट सुरु भएको कार्यक्रममा दीप सेकेण्डरीका सह प्रधानाध्यापक चुर्ण बहादुर केसी, चन्द्र ज्वतीका शिक्षक मुक्तिनाथ न्यौपाने, जनप्रीय बोडिङ्का दुर्गा गिरी। विद्यार्थी अनिता डाँगीले रेडियोको यस्तो कार्यक्रमले विद्यार्थीको क्षमता विकास गर्न सहयोग पु¥याउने बताउनु भयो ।
रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जबाट प्रत्यक हप्ताको शनिबार दिउसो २ बजे पछि प्रत्यक्ष प्रसारण हुने कार्यक्रम स्कुल स्कुलमा स्वर्गद्धारी टेलिभिजनमा सोमबार राती ८ बजे देखि प्रसारण हुन्छ । कार्यक्रम रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जको आयोजना तथा स्वर्गद्धारी टेलिभिजनको सह आयोजनामा भएको हो ।।