इन्द्रेणी संवाददाता
दाङ, ८ साउन
दाङमा आज भएको वस दुर्घटनामा एक जना वालकको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । घोराहीवाट लमही जाँदै गरेको रा १ ख ४५५ नं को वस लमही नगरपालिका ११ रातो डाँडामा दुर्घटना हुँदा १२ वर्षका एक वालकको ज्यान गएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार ति वालकको सनाखत हुन सकेको छैन । वस स्टेरिङ फेल भएर दुर्घटनामा परेको प्रहरीले वताएको छ । घाइतेहरुको अहिले घोराही र लमहीमा उपचार भइरहेको छ ।।
