गोविन्द खड्का
घोराही ८ साउन
हिड्ने बाटो सफा बनाउन घोराही ६ को गाउँबेसी टोलले हरेक महिनाको अभियान थालेको छ । शनिवार टोलवासीको सहभागितामा बाटोमा रहेको झाडि फा“ड्ने कार्य सम्पन्न गरीएको थियो ।bato

यसैगरी फोहर टिपेर बोरामा जम्मा गर्ने, बाटोमा फोहर नफाल्न सचेत बनाउने लगाएतका कार्य गरीएको अध्यक्ष मेघ बहादुर शाहले बताउनुभयो । उनिहरुले हरेक महिना सरसफाइ अभियानको रुपमा चलाईने बताएका छन् ।

गत महिना गठित टोल उदाहरणीय बन्ने शाहको दावि छ त्यस क्षेत्रका गिठेपानी, दिदि बहिनी, मिलिजुली, भयारथान र खरकटि भन्दा फरक पहिचान दिने उहाको दावि छ ।।