दाङ, १८ पुस । नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।
आज सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । महरा रोल्पा १ (ख) बाट निर्वाचित प्रदेशसभाका सदस्य हुन् ।
त्यस्तै संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने नेकपा माअेवादी केन्द्रको लुम्बिनी प्रदेशले जनाएको छ ।
लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलको नेतामा महरासँगै इन्द्रजित थारु र बसन्त घर्ती पनि आकांक्षी थिए ।











