काठमाडौँ- आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेसँगै ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ ।

ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले आन्तरिक रेमिट्यान्स कारोबार पुस १७ देखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो । रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई-सेवा मनी ट्रान्सफरको रहेको जनाएको छ ।