दाङ, १८ पुस । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् ।
कांग्रेसको संसदीय दलको आज बसेको बैठकले चौधरीलाई सर्वसम्मत नेता चुनेको हो । चौधरी दाङ ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
अबदुल रज्जाक, वीरबहादुर राना र राजु खनाल पनि दलको नेताको आकांक्षी थिए ।











