काठमार्डाैं, १८ पुस । केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । देशभर एक दुई दिन अझै चिसो बढ्ने मौसमविदहरुले बताएका छन् ।

हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ। जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ ।

हावाको गति उत्तरबाट पश्चिम हुँदै दक्षिणतर्फ रहेकोले हिमालको हावाका कारण र समुद्रको तापक्रम घटेकोले चिसो बढेको बताइएको छ । केही दिन चिसो बढ्ने भएकाले सावधान हुन पनि मौसमविद्धहरुले आग्रह गरेका छन् ।