तुलसीपुर । दाङको तुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीले मकै छोडाउने मेसिन बनाएका छन्। कलेजमा इलेक्ट्रोनिक्स विषय पढ्दै आएका विद्यार्थीले बनाएको मेसिन सुनाखरी सिकाइ मेलामा अवलोकनका लागि राखिएको थियो।

मेसिन बनाउनका लागि संयोजन गर्दै आएका शिक्षक सञ्जय अधिकारीले करिब २० हजारको लागतमा मेसिन तयार पारिएको बताए । शिक्षक अधिकारीका अनुसार उक्त मेसिनले एक घण्टामा ५० केजी मकै छोडाउन सक्छ। मेसिनमा दुई ‘हर्स पावर’को मोटर जडान गरिएको छ।

क्याम्पसका प्राचार्य वसन्त आचार्यले क्याम्पसका कृषि वनविज्ञानका विषयका साथै इलेक्ट्रोनिक्स विषयसमेत अध्यापन हुने भएकाले अभ्यास शिक्षणका साथै प्रत्येक किसानको घरसम्म पु¥याउने उद्देश्यले तयार पारिएको बताए ।