दाङ, १८ पुस । लुम्बिनी प्रदेशको नेकपा एमालेको संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इन्चार्ज लीला गिरी सर्वसम्मत चयन भएका छन् ।

दाङको देउखुरीमा आइतबार बसेको एमाले प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा गिरीलाई चयन गरेको हो । दलको उपनेतामा अर्घाखाँचीका चेतनारायण आचार्य चयन भएका छन् । गिरी रूपन्देही २ (१) बाट र आचार्य अर्घाखाँची (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

दलको नेता चयन गर्न एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मासमेत बैठकमा उपस्थित थिए । लुम्बिनीमा एमालेका २९ सदस्य छन् ।