पोखरा, १७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि आफूले काम गर्ने बताएका छन् ।
आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभएर सिङ्गै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने दाहालले विश्वाससमेत व्यक्त गरे । प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ठोस योगदान पुर्याउने स्पष्ट ।











