काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेतृत्वमा बनेको नयाँ सरकारप्रति जनतामा आशा बढेको बताएका छन् । पहिलो मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएाक हुन् ।

‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन्,’ उनले भने, ‘तर जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’

अर्थतन्त्रमा देखिएको संकटमा टार्ने, सुशासन र जनताको सेवा प्रवाहलाई सहज बनाउने जस्ता निर्णय पहिलो बैठकले गरेको उनले जानकारी दिए ।

उनले भने, ‘देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्ने केन्द्रित हुने संकल्प गरेका छौँ ।’ उनले राहदानी लिन र लाइसेन्स बनाउने कार्यालयमा जनताको ठूलो भिड रहेको र लाइन बस्नु पर्ने अवस्था रहेकोले त्यस्तो अवस्थाको अन्त्य गर्ने बताए । सामग्री मकालु खबर