काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ ।
निर्धारित वरियताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ ।पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल रहेका छन् भने त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको वरियता रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले सोमबार ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् भने १८ मन्त्रालयको जिम्वेवारी आफैंले लिएका छन् ।











