तुलसीपुर ११ अस्वारामा केरा मुल्य श्रृङ्खलामा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिवमाया बहुदेश्यीय कृषि अयोजना एबम साना तथा मझौला कृषक आयस्तर कृषि आयोजना ईकाई ब्यबस्थापन कार्यालय बाँकेको सहयोगमा अन्तरक्रिया कार्यक्रम भएको हो ।
फर्मका अध्यक्ष भागवत कमला पुरीको अध्यक्षता तथा साना तथा मझौला कृषक आयस्तर कृषि आयोजनाका हरिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष पुरी बाणियाले आउदो फाल्गुन सम्म आफ्नो फर्मबाट ३ हजार उत्पादन गरी किसानलाई बितरण गर्ने बताउनुभएको छ ।
उहाँले दाङमा केरा खेतीको राम्रो सम्भाबना भएकाले किसानहरुको सहजताका लागि दाङमै पहिलो पटक केराको बिउ उत्पादन शुरु गरेको उहाँले जानकारी दिनुभयो । साथै केरा खेतीका बारेमा जान्न चाहने किसानहरुले परामर्स लिन सक्ने पनि उहाँले बताउनुभयो ।
प्रमुख अतिथी शर्माले केरा खेतीको सम्भाबना बोकेको दाङमै पहिलो पटक बिउ उत्पादन गरी किसानहरुको आयस्तर बृद्धि गर्न टेवा पु¥याउन फर्मले भुमिका खेल्ने कुरामा बिश्वास ब्यक्त गर्नुभएको थियो । केराखेती गर्न चाहनेहरुलाई फर्मले केराका बिरुवा उपलब्ध गराउने जनाएको छ ।।
