धरान, ७ साउन
धरान १७ रेल्वेको दुईवटा पसलमा ‘गोर्खाली प्रशोधित पानी मा लेदो भेटिएको छ । धरान १७ का मनिष विष्टले गोर्खाली पानी खरिद गरी पिउने क्रममा लेदो भेटिएको हो । मनिष पुस्तक पसलका सञ्चालक समेत रहनुभएका विष्टले रोशनी कस्मेटिक पसलबाट पानी खरिद गरेर पिउने क्रममा बोतलमा लेदो र लेउ भेटिएको जानकारी दिनुभयो ।water

पानीको बोतल शिलप्याक भए पनि कस्मेटिक पसलका सञ्चालक लीला थापाको पसलबाट ५ बोतल गोर्खालीमा पानीमा यस्तो भेटिएको हो । सोही स्थानका दिवस किराना पसलका सञ्चालक दिवस परियारको पसलबाट समेत ६ बोतल पानीमा लेदो र लेउ भेटिएको छ ।।