जाजरकोट, ७ साउन
भेरी मालिका नगरपालिकाको खलंगा वजारमा खानेपानी समस्या समाधान गर्न करिव ३६ करोडको लागतमा खानेपानी योजना निर्माण हुने भएको छ । वृहद खानेपानी आयोजना निर्माणपछि नगरपालिका क्षेत्रका खलंगावासीलाई २४ सैं घण्टा खानेपानी उपलव्ध हुने अपेक्षा गरिएको छ । जाजरकोट खलंगामा वृहद खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम आगामी मंसिर÷पुष महिनावाट संचालन हुने भएको छ ।pani

हाल आयोजनाको डिपीआर वनाउने काम अन्तिम चरणमा पुगेको भन्दै आउँदो भदौ महिनाभित्रै डिपिआर तयार हुने प्लस इन्जिनेरिङ्ग कन्सलटेन्सी काठमाण्डौले जनाएको छ । इन्जिनेरिङ्ग कन्सलटेन्सीका इन्जिनियर लक्ष्मण आचार्यले भादौ महिनाभित्रै आयोजनाको फाइनल रिपोर्ट पेश गर्ने जानकारी दिनुभयो ।

अहिले १३ वटा साना मुहानलाई समेटेर पानी संकलन गर्ने गरी योजना वनाइएको भन्दै उहाँले उपभोक्तासगँ छलफलपछि केही इन्टेकहरु घटाउन सकिने उल्लेख गर्नुभयो ।नगरपालिका क्षेत्रका सानासान मुहानबाट १ लिटर प्रतिसेकेन्ड भन्दा कम पानी आउने मुहानवाट पानी वजार क्षेत्रमा ल्याउनु भन्दा भेरी नदिको पानी तानेर ल्याउदा सजिलो हुने आचार्यले दावी गर्नुभयो ।

बुदबुदे र पोखरा मुहानवाट ल््याएको पानीले मात्र खलंगाको माग पुरा गर्न नसक्ने भएकोले भेरीवाट पनि पानी तान्ने योजना वनाइएको अर्का इन्जिनियर त्रिरत्न शाक्यले वताउनुभयो ।।