इन्द्रेणी संवादाता
प्यूठान साउन ७
प्युठानमा पहिरोमा परी एक वालिका वेपत्ता भएकी छन भने ३ जना गम्भीर घाइते भएका छन् । प्यूठानको उत्तरी गा.वि.स. फोप्ली वार्ड नं ९ आज राती गएको पहिरोले बगाउदा आवे घर्तिकी १२ बर्षिय छोरी वेपत्ता भएकी छन् भने ओवे घर्ति र उनकी श्री मति गम्भीर भएका छन् । pahiro-480x330

त्यसै गरी उनका दाजु थमे घर्तिको पहिरामा पर्दा समान्य घाइते, उन्की श्री मतिको खुट्टा भाँचीएको स्थानिय बलबहादुर के.सी.ले बताएका छन् र अर्का एकको सामान्य अवस्थामा रहेको जानकारी दिएका छन् ।

पहिरो चलीरहेकाले वेपत्ताको उद्दारका लागि मैरामारे प्रहरी चौकीबाट उद्दार टोली घटना स्थल तर्फ आइरहेको उनले जानकारी दिएका छन् ।।