काठमाण्डौ, ७ साउन
यो वर्ष अहिलेसम्मकै गर्मी वर्ष हुने संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्लुएमओले जनाएको छ । यो वर्ष अर्थात सन् २०१६ को पहिलो ६ महिनामा तापक्रम बढ्ने क्रम नरोकिएको डब्लुएमओले जनाएको छ ।earth

एकपछि अर्को महिना तापक्रम बढ्दै गएकाले यो वर्ष इतिहासकै गर्मी वर्ष बन्ने डब्लुएमओले चेतावनी दिएको हो ।

विश्वव्यापी रुपमा भइरहेको मौसम परिवर्तन अर्को उचाइमा पुगेको डब्लुएमओका महासचिव पेट्री टालासले बताउनुभयो ।
एल निनो मौसमी प्रणली तथा हरितगृह ग्यासका कारण तापक्रम वृद्धी भएको हो ।यही अवस्था कायम रहे विश्वका धेरै ठाउँमा तातो हावा चल्ने, ठूलो पानी पर्ने तथा आँधी आउन सक्ने डब्लुएमओले चेतावनी दिएको छ ।
हिउँ पग्ले क्रम तीब्र भएको तथा कार्बनडाइअक्साइडको मात्रा बढेकाले पनि थप समस्या हुन सक्नेछ ।।
उज्यालो अनलाइन