काठमाडौं, २९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्दैछ ।
प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन लागेको हो। यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।
आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।











