काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभातर्फ उमेदवार बनेका चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फका एक हजार ९६१ जना र प्रदेश सभातर्फ दुई हजार ३२४ जना गरी जम्मा चार हजार २८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको हो । सम्बन्धित निर्वाचन क्षेत्रमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको चुनावमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाअनुसार प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बाग्मती प्रदेशमा ३३, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीवार राष्ट्रपतिलाई बुझाउदैछ ।
यसैबीच प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका उम्मेदवारमध्ये एक हजार नौ सय ६१ जना र प्रदेश सभातर्फ दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको चुनावमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाअनुसार प्रतिनिधि सभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेश प्रदेशमा २६, बाग्मती प्रदेशमा ३३, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ ।











