दाङ, ७ साउन
दाङ मगर खाम समाज बडहराले आयोजना गरेको राँके तिहार मेलाको एक कार्यक्रमका बिच समापन गरिएको छ । समाजका अध्यक्ष केशहादुर घर्ती मगरको अध्यक्षता तथा १८ मगरात मगर खाम सस्कृती संरक्षण बिकास मंचका केन्द्रिय अध्यक्ष चन्द्रज्योती बुढा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्र्रमुख अतिथि मगरले मगर समुदाय सस्कृतिको धनि भएको बताउदै जन्मस्थल छाडेर जहा बसेपनि मगरहरुले आफ्नो सस्कृति र भेषभुषालाई सधै संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । २०६८ सालमा स्थापना भएको समाजले प्रत्येक बर्ष यस पर्बलाई निरन्तरता दिनु पर्ने आयोजक समितिका कोषाअध्यक्ष बिरबहादुर घर्ति मगरले बताउनुभएको छ ।
बिशेषगरि रोल्पाका उवा र सेरम, घुस्वाङ, रुकुमको तकसेरा लुगुम, महत्तो लगाएतका मगरहरुले मनाउदै आएको यो पर्बमा लुतो रोग फाल्ने परम्परागत धारणा रहेको पाईन्छ । यो पर्ब हरेक बर्ष साउन १ गतेदखि ५ गते सम्म मनाउने गरिन्छ ।
यस पर्बलाई आगामि दिनहरुमा पनि निरन्तरता दिदै जाने र अझ भब्यताका साथ मनाउने मगर समाजले जनाएको छ । कार्यक्रमको सहजिकरण १८ मगरात मगरखाम सस्कृति बिकास मञ्चका उपाध्यक्ष दयाजि रोका मगरले गर्नुभएको देबिका घर्ति मगरले जानकारी दिनुभएको छ ।।











