काठमाडौं ७ साउन ।  सरकारले जादाँजादै त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा चैतन्य शर्मालाई नियुक्त गरेको छ । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष रहेका शर्मा शिक्षा आठौं शंसोधन ऐन लागू भएसँगै परिषद् खारेज भएपछि फुर्सदमा बस्नुभएको थियो ।

tu

विपक्षी दलहरुले दूरगामी असर पर्ने नियुक्ति र निर्णय नगर्न सरकारलाई सचेत गराए पनि नयाँ शिक्षा मन्त्री अग्नी खरेलको सिफारिसमा त्रिबिका कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी ओलीले शर्मालाई नियुक्त गर्नुभएको हो । त्रिविको सहकूलपतिको हैसियतमा शिक्षा मन्त्रीले आयोगको रिक्त अध्यक्ष पदमा शर्माको सिफारिस गर्नुभएको थियो ।