काठमाडौं, २५ मंसिर । कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको ज्यान गएको छ ।

कीर्तिपुर नगरपालिका –६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको ना १ क १६६२ नम्बरको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका–५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको ज्यान गएको हो ।

बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएपछि उपचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत हुन् ।