काठमाडौं । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको र निर्वाचन आयोगले औपचारिक रुपमा अन्तिम परिणाम घोषणा गर्ने तयारी गरिरहेका बेला सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसलाई बाहिर राखेर कम्युनिस्ट सरकार बनाउने कसरत सुरु भएको छ।

कसरतले मूर्त रुप लिएमा निर्वाचनअघिको सत्ताधारी गठबन्धन भंग हुने छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँगै मधेशकेन्द्रित दललाई पनि साथमा लिएर सरकार गठनको तयारीका विषयमा दलहरुबीच छलफल सुरु भएको छ।यसका लागि १४० सिटको समीकरणमा छलफल भइरहेको छ। एमालेसँग केही ठाउँमा तालमेल गरेर गएको राप्रपालाई भने यो समीकरणमा राखिएको छैन।

नेकपा माओवादी केन्द्रको ३२ सिट, एकीकृत समाजवादीको १० सिट, जनता समाजवादी पार्टीको १२ सिट, जनमत पार्टीको ६ सिट छ। यसबाहेक अन्तिम समयमा एमालेबाट विद्रोह गरेर गएका प्रभु शाहसहित २ जना स्वतन्त्र सांसद गरी कूल १४० सिटको समीकरणमा छलफल भइरहेको छ।

यस्तै माओवादीमा उपमहासचिव वर्षमान पुन र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो समीकरणमा सहमति जुटाउन छलफल अगाडि बढाएको बताइएको छ यस्तै माओवादीमा उपमहासचिव वर्षमान पुन र बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो समीकरणमा सहमति जुटाउन छलफल अगाडि बढाएको बताइएको  को खबर डीसी नेपाल मा छ