प्याबसन दाङ र क्रियटीभ टेक्नो सोलुसनकोे आयोजनामा विद्यार्थीहरुलाई प्रविधि सम्वन्धी जानकारी दिएको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई नयाँ प्रविधि कसरी प्रयोगमा ल्याउन सकिन्छ, प्रविधी मैत्रि वातावरण कसरी सृजनागर्ने, कस्ता प्रविधीहरु प्रयोग भईरहेका छन जस्ता विषयमा जानकारी गराइएको थियो ।

13697159_1156928324379872_1210722665172548680_nत्यसै गरेर विद्यार्थीहरुलाई कसरी प्रविधिसंग नजिक वनाउन सकिन्छ, सामाजिक सञ्जाललाई सृजनात्मक रुपमा प्रयोमा ल्याउन सकिन्छ, सामाजिक सञ्जालमा अपराध गर्नेलाई के कारवाही हुन्छ, सपटवर्यर कसरी निर्माण हुन्छ जस्ता विषमा जानकारी दिएको आयोजकले जानकारी दिएको छ ।

त्यस अवसरमा दाङका विभिन्न २४ संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । भने भोली पनि यसै विषयमा शिक्षकहरुलाई जानकारी दिईने प्यावसन दाङका अध्यक्ष यादव गिरीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई रामप्रसाद गजुरेल, निकुञ्ज न्यौपाने, प्रकासराज शर्मा, राजन न्यौपाने, राजेश कोइरालाले जानकारी गराउनु भएको थियो । प्यावसन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षता एवम दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खडगवहादुर वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्ने बकताहरुले विद्यार्थीहरुलाई प्राविधिक विसयमा जानकारी लिनका लागि यस प्रकारका कार्यक्रमले सहयोग पु¥याउने बताएका थिए ।

संगम पौडेलको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण प्यावसन दाङका उपाध्यक्ष दीपवहादुर केसीले गर्नुभएको थियो ।।