इन्द्रेणी संवाददाता
काठमाडौं, १८ मंसिर । मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट संसदको सबैबन्दा ठूलो दलबनेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्री बन्नका लागि आकांक्षी नेताहरुको कसरत चलेको छ । काग्रेसभित्र प्रधामन्त्री हुनका लागि संसदीय दलको नेता बन्नुपर्ने प्राथमिकतामा भएकाले संसदीय दलको नेता बन्नका लागि दौडधुप तिब्र छ ।
यता संसदमा निर्वाचित भएकैदिन देखि प्रधानमन्त्रीको आकांक्षी देखिएको अभिव्यक्ति दिदै आएका महामन्त्री गगन थापा संसदीय दलको नेता बन्ने दौडधुपमा देखिन्छन् भने अर्का दाबेदार नेता शेखर कोइराला पनि छलफलमा व्यवस्थ छन् ।
उता पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्ना विश्वासपात्रहरू प्रवक्ता डा. प्रकाशशरण महत, उपसभापति पूर्णबहादुर खड्कालगायतलाई समूह र गठबन्धन दलका नेतासँग छलफलमा खटाएका छन् । यसरी संस्थापन र देउवा पक्ष गरी दुई खेमामा संसदीय नेता बन्ने र प्रधानमन्त्री बन्ने खेलमा आन्तरिक संघर्ष चलेको छ ।
सभापति शरेबहादुर देउवाले भने काग्रेसकै नेतृत्वमा सरकार गठनका लागि निर्वाचनमा गठबन्धन गरेर गएका पाँच दलका नेताहरुसँग सम्बाद जारी राखेका छन् । निर्वाचनमा गठबन्धन गरेर गएका दलहरुकै वहुमत पुग्ने भएकाले सरकार गठनमा पनि गठबन्धनलाई कायमै राखेर जाने पक्षमा देउवा छन् । तर गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने निर्वाचनमा गरिएको गठबन्धनबाट अपेक्षाकृत नतिजा नआएको भन्दै प्रतिपक्ष दल नेकपा एमालेसहितका दलहरुसँग सरकार गठनबा लागि विकल्प खुल्ला गरेका छ । नयाँ सरकार गठनमा पहिलो नेतृत्व माओवादीको हुनुपर्ने माओवादीको दावी छ ।











