Social Security Fund (SSF). Photo: https://ssf.gov.np

काठमाडौँ । नेकपा एमालेका नेता एवं काभ्रेपलान्चोकबाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा शङ्कास्पद वस्तु राखिएको फेला परेको छ।

भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शङ्कास्पद वस्तु फेला परेको बास्कोटाका स्वकीय सचिव नवराज ढकालले बताए ।

रको कम्पाउण्डमा प्रेसर कुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु भेटिएपछि प्रहरीको टोली घटनास्थल पुगेको छ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफ्नै घरमा रहेका छन्। बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शङ्कास्पद बस्तु देखिएपछि खबर गरेको थिए ।