इन्द्रेणी संवाददाता
रुकम, ६ साउन
रुकुम बालिका वलात्कारको आरोपमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा गरायला–३ का ४० वर्षका नरबहादुर दमाई रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
दमाइले साउन २ गते राति घरमा सुतेकी बालिकालाई बलात्कार गरेको भन्ने मौखिक उजुरीको आधारमा पक्राउ गरेको डिएसपी रुपेश खड्काले जानकारी दिनुभयो । जानकारी पाउने बित्तिकै दमाइलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको डिएसपी खड्काले बताउनुभयो ।
प्रहरीका अनुसार साउन ५ गते बेलुका पीडित प्रहरीको सम्पर्कमा आएपछि दमाइलाई तत्कालै पक्राउ गरिएको हो । पीडित पक्षले जिल्ला प्रहरी कार्यालय रुकुममा उजुरी दर्ता गरेका छन् ।।
