घोराही, ६ साउन
दाङको घोराही नगरपालिकाले सडक विस्तार एबं स्तरोन्नतीको कार्यलाई तिव्रता दिएको छ । केही वर्ष देखि नगरक्षेत्रमा सडक निर्माण, त्यसको विस्तार र स्तरोन्नतीको कामलाई प्राथमिकतामा राख्दै आएको नगरपालिकाले बताएको छ । index

नगरपालिकाको ग्रामिण क्षेत्रका सडक कालोपत्रे हुन नसके पनि शहर क्षेत्रका सबै सडकहरु कालोपत्रे गर्दै आएको छ । नगरपालिकाको ग्रामिण सडक प्राय ग्राभेल सडकको रुपमा रहेका छन भने अझै गाउँ तीरका सडक कच्चीमै सिमित रहेका छन् ।

वितेको आर्थिक वर्षमा मात्र ३ किलो मिटर भन्दा बढि सडक कालोपत्रे सम्पन्न गरेको नगरपालिकाका सुचना अधिकृत प्रेम केसीले जानकारी दिनुभयो । नगरपालिकाले आफ्नो शहर क्षेत्र भित्र पर्ने वडा नम्बर ११ मा ६ वटा सडक कालोपत्रे गरेको छ ।

नगरपालिकामा अझै २४ मिलोमिटर कच्ची सडक र ८५ किलोमिटर ग्राभेल सडकको रुपमा रहेको छ ।।