सल्यान, ६ साउन
जिल्ला कृषि विकास कार्यालय सल्यानले २१ हजार बढि फलफुलका विरुवा वितरण गरेको छ । फलफुल खेतीको राम्रो सम्भावना रहेको सल्यानमा किसानहरुलाइ कार्यालयले २१ हजार ९ सय ५० भन्दा धेरै वर्षे फलफुलका विरुवा वितरण गरेको जनाएको छ ।
वरिष्ट कृषि विकास अधिकृत टुकप्रसाद लुइटेलका अनुसार पछिल्लो समय फलफुल खेती तर्फ किसानको आकर्षण बढ्दै गएको छ । सुन्तलाको विरुवा ५० प्रतीशत अनुदान र अन्य जातका सबै विरुवा सरकारि मुल्यमा किसानले आफै किनेका छन् ।
वर्षा शुरु भएपछि यो वर्ष ९ हजार सुन्तला, ६ हजार ७ सय आँप, ४ हजार ५ सय अनार, १ हजार २ सय कागती र ५ सय ५० लिचिका विरुवा वितरण भएको कार्यालयका कृषि प्राविधिक धनन्जय शर्माले जानकारी दिनुभयो ।।