धरान, १२ मंसिर । प्रतिनिधिसभा सदस्यमा सुनसरी १ बाट जनता समाजवादी पार्टीका उम्मेदवार अशोक कुमार राई विजयी भएका छन् । राई १७ हजार ५९ मत प्राप्त गरेर विजयी भएका हुन् ।
राईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४ सय ५३ मतको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरे । त्यस्तै माओवादीका उम्मेदवार मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याएका थिए ।











