काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।
देउवा संसदीय दलको नेतामा भिड्न इच्छुक रहेको भन्दै काँग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताएका हुन् ।
शनिवार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । निधि भन्छन् , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ । म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु । मैले उहाँलाई समर्थन गर्छु ।’ ‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो । उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिनँ,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’
उनी थप्छन्, तत्कालको लागि अरुकुनै नेतालाई सघाउने मनोस्थिति समेत नरहेको उनले बताए ।











