इन्द्रेणी संवाददाता
दाङ, ८ मंसिर । दाङ क्षेत्र नं.३ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा गठबन्धन तर्फका उम्मेदवार धनबहादुर मास्की विजयी भएका छन् ।
मास्कीले २२ हजार ३२१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हुकुम बस्नेतले २० हजार १५८ मत ल्याएका थिए । मास्की माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् ।
त्यस्तै राप्रपाका भुपाल रावतले ३ हजार ४१९, मंगोल नेश्नल अर्गनाइजेशनका सुशील चौधरीले ५६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले ४५०, दुर्गा बहादुर वलीले २७८, गणेशबहादुर बस्नेतले १५९ राजन डाँगीले १२०, भुपबहादुर विकले ११८ मत ल्याएका छन् ।











