सल्यान, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा सल्यान क्षेत्र नं. १ बाट नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।
सत्ता सठबन्धनका तर्फबाट उम्मेदवार भएका ज्वालाले ३५ हजार ७०० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् । ज्याला र शाहबीचको मतान्तर १५ हजार ९११ रहयो ।
त्यसैगरी नेकपा एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।











