तुलसीपुर ।  एक बर्षंको अवधीमा राप्तीका विभिन्न जिल्लाहरुमा कार्यरत प्रहरी अधिकृत देखि जवानसम्म गरी साढे दुई सय बढि कारवाहीमा परेका छन् । अञ्चल प्रहरी कार्यालय राप्तीका अनुसार एक बर्षको अवधीमा राप्तीका पाँच जिल्लामा गरी दुई सय ६९ प्रहरी कारवाहीमा परेका हुन् ।

police1अञ्चल प्रहरी कार्यालय राप्तीले विभिन्न जिल्लामा कार्यरत प्रहरीहरुले आचर णविपरीत गतिविधि गरेकाले कार वाही गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आर्थिक वर्ष २०७२÷०७३ को प्रगतिका बारेमा जानकारी गराउन अञ्चल प्रहरी कार्यालय राप्तीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो ।

अञ्चल प्रहरी प्रमुख एसपी प्रेम चन्दले अञ्चलका दुई सय ६९ प्रहरीहरु कार वाहीमा परेका र नौ जनालाई जागिर बाटै हटाइएको जानकारी दिनुभयो ।
आचरणर प्रहरी ऐन नियमविपरीत काम गरेका नौ जनालाई जागिर बाटै हटाइएको र अन्यलाई विभिन्न प्रकार का कार वाही गरि एको चन्दले जानकारी दिनुभयो ।

नौ जनालाई जागिर बाट निकालिएको, चार जनाको पदो न्नति र ो क्का गरेको, नौ जनाको पद घटुवा गरेको, एक सय ६२ जनाको ग्रे ड रोक्का गरेको र आठ जनालाई चालचलनमा प्रतिकूल राय दिएको उहाँले बताउनु भयो ।

यसमा दुईजना प्रहरी निरीक्षक परेका छन् भने अन्य सहायक निरीक्षकदे खि तल्लो दर्जाका रहे को चन्दले जानकारी दिनुभयो ।।