देबिप्रसाद धिताल (हेमराज) प्रतिष्ठान तलसीपुरले आज साउन ५ गते बिशेष अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने अधिकास बक्ताले सञ्चार उद्यमी एबम समाजसेबी देबी प्रसाद धिताल हेमराजको हत्या भएको ६ बर्ष पुग्दा सम्म हत्यारा फेला नपुर्न कानुनी राज्यको उपहास भएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

killer_dancer_650_020516120003अब नागरिकहरुले समेत एउटा कार्यदल गठन गरी प्रहरीको अनुसन्धानको कार्यमा सहयोग पु¥याउनु पु¥याउनु पर्ने बक्ताहरुको सुझाब छ । यस्तो गर्दा हत्याराको पहिचान गरी कानुनी कारर्बाहीको कटघेरामा ल्याउन सकिने बिश्वास बक्ताहरुले लिएका थिए ।

एउटा सञ्चार उद्यमी, अधिकारकर्मी, सामाजीक रुपमा आफ्नो ब्यक्तीत्व बनाएका ब्यक्तिको हत्या भएको ६ बर्ष पुगि सक्दा पनि हत्यारा पक्ता लगाउन नसकेको भन्दै श्रीमती मञ्जु धितालले प्रहरी प्रशासनको आलोचना पनि गर्नुभएको थियो ।

कार्यक्रमम दाङका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लले प्रहरीबाट शुरु गरीएको धिताल हत्या काण्डको फलोअपका बिषयमा अपडेट हुने बताउनुभयो । उहाले नागरिकलाई प्रहरी प्रशासनलाई सुरक्षा प्रति थप आशा जगाउन यो घटनाको गहिराई सम्म पुग्ने र दोषीलाई कारर्बाहीका लागि हरेक प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले अनुसन्धान जारी रहेको र अनुसन्धानको फाईल समेत निकै ठुलो भएको जानकारी दिनुभयो ।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुलेपनि अनुसन्धानका लागि आ आफ्नो पार्टीबाट प्रहरी प्रशासनलाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

उक्त अबसरमा शिक्षा,पत्रकार,मानव अधिकार र यातायात क्षेत्रमा योगदान पुरयाउनु हुने ब्यक्तीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । शिक्षा तर्फ २०७२ सालको एसएलसीमा उर्तिण द्धष्टीबिहीन छात्रा सुस्मीता चौधरी,पत्रकार तर्फ प्रबल रेग्मी,मानब अधिकारकर्मीको तर्फबाट मधुसुदन केसी र यातायात क्षेत्रबाट प्रेमबहादुर बस्नेतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य तर्फ बिषय प्रबेश प्रतिष्ठानका सल्लाहकार मोहन धिताल र सहजीकरण पत्रकार सुशील बस्नेतले गर्नुभएको थियो । रेडियो तुलसीपुर सञ्चालक समितिका तत्कालिन अध्यक्ष एवं राप्ती यातायात ब्यबसाय समितिका पुर्बअध्यक्ष (हेमराज)को २०६७ साल साउन ६ गतेका दिनउरहरीको हेमनगरमा एक समुहले गोली हानी हत्या गरेको थियो । यसअघि आज बिहान राप्ती अञ्चल यातायात वस व्यवसायी समितिको प्राङणनमा स्थापना गरिएको स्वर्गीय धितालको अर्धकदको शालिकमा माल्र्यापण गरिएको थियो ।।