दाङमा यस बर्ष आँप उत्पादन घटेको छ । गत बर्ष ८ हजार दुई सय २५ मेट्रिक टन आँप उत्पादन भएकोमा यस बर्ष घटेर ६ हजार मेट्रिक टन मात्रै आँप उत्पादन भएको जिल्ला कृषि बिकास कार्यालय दाङले जानकारी दिएको छ ।

mango-treeगत बर्ष आँपको अनएर भएकाले आँप उत्पादन बढि भएको तर यस बर्ष अफएर भएकाले आँप उत्पादनमा कमी आएको जिल्ला कृषि बिकास कार्यालयका बागबाणी अधिकृति धनराज गौतमले जानकारी दिनुभयो ।

एक बर्ष आँपको अन एर भए अर्को बर्ष आँपको अफ एर हुने बाँशानुगत गुण उहाँको भनाई थियो । दाङमा दुई हजार चार सय ८८ हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुदै आएको छ ।

यसैबिच दाङमा आँप उत्पादनमा आत्म निर्भर हुन नसकेको बागबाणी अधिकृत गौतमले जानकारी दिनुभयो । आँप ब्यबसायीक रुपमा जान नसक्दा आँप उत्पादना दाङ आत्म निर्भर बन्न नसकेको उहाँले बताउनुभयो । अहिले दाङमा दशहरी , मालद , चौसा, बम्वेग्रीण , लङग्रा लगायतका आँप उत्पादन हुदै आएका छन् ।।