रुकुम पूर्व । रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका छन्। नेकपा एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ५१ मतले पछि पार्दै घर्ती विजयी भएका हुन्।
यसअघि लुम्बिनी प्रदेशका सभामुख भएका घर्तीको कुल प्राप्त मत १२ हजार २ सय ६२ छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मल्लको ५ हजार २ सय ११ छ।
प्रदेश सभा २ मा कांग्रेसका धनबहादुर केसी विजयी
त्यस्तै बुधबार सम्पन्न भएको रुकुम पूर्व प्रदेश (२) को अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका धनबहादुर केसी विजयी भएका छन्। कुल ४ हजार ८ सय ६२ मत ल्याएर जितेका केसीले स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६ सय १८ मतान्तरले पछि पारेका छन्। खड्काको कुल मत २ हजार २ सय ४४ रहेको छ।
विजयी पूर्णबहादुर घर्ती र धनबहादुर केसी दुवै जना सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्। प्रदेश (१) को मतगणना मंगलबार नै सकिएको थियो। उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरुल पुनले जितेका छन्। यससँगै रुकुम पूर्वको मतगणना सकिएको छ।











