सन्धुली, ७ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ बाट खाता खोलेको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लेखनाथ दाहाल विजयी भएपछि माओवादी केन्द्रले प्रतिनिधिसभामा खाता खोलको हो ।
दाहालले २७ हजार ५१७ मत ल्याएर नेकपा एमालेका उम्मदेवार मनोजजङ्ग थापालाई पराजित गरेका छन् । थापाले ६ हजार १६२ मत मात्र प्राप्त गरे ।
दाहाल र थापाबीच २१ हजार ३५५ मतको अन्तरले जितहार भएको छ । यो जित माओवादी केन्द्रको प्रतिनिधिसभा सदस्यको पहिलो जित हो ।











