दाङ, ५ साउन
सुकुम्बासी माथी गरिएको ज्यादतीका विरुद्ध संघर्ष गर्दै आएको विप्लव माओवादीले यहि साउन १० गते नेपाल वन्दको आह्वान गरेको छ । १० गते नेपाल बन्द दिन विद्यालय, शैक्षिक संस्था, यातायात, उद्योग कलकारखा सवै पूर्णरुपमा वन्द हुने माओवादीले जानकारी दिएको छ ।band

साथै सो पार्टीले व्यवसायि, वुद्धिजीवी सवैमा पुर्णरुपले बन्दको कार्यक्रमलाई सहयोग गर्न समेत अपील गरेको छ ।

सरकराले सर्लाहीको ढुंगेखोलाको धरहरा चोकमा प्रहरीले सुकम्वासीमाथि बल प्रयोग गरेको, उनीहरुको उठिवास लगाउने, घरवास आगो लगाउने र वालीनालीमा डोजर सखाप पारेपछि त्यसको विरोधस्वरुप १० गते नेपाल वन्दको आह्वान गरिएको हो ।