५ साउन, झापा ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरुंगा खोलामा पानीको बहाव बढ्दा झापाको कनकाई नगरपालिका ५, तुलसीबारी चोकबाट माथिल्लो चप्रामारीसम्मको मानव बस्ती जलमग्न भएको छ ।badhi_jhapa1-1

अहिले तुलसीबारी चोकदेखि चप्रामारीसम्मको बस्ती जलमग्न छ ।सुरुंगादेखि पूर्वी नाका डिगलबैंक जोड्ने अमरपथ खण्डको करिब १ किलोमिटर कालोपत्रे बाटो समेत पूरै डुबेको छ । पूरै बाटो जलमग्न देखिन्छ ।

बाटोमा ४ फुटसम्म गहिराइमा पानी छ । बाटोको केही भाग पानीले बगाएको छ । बाटो जलमग्न भएपछि अमरपथ सडक खण्डमा यातायात समेत अबरुद्ध भएको छ । मोटरसाइकल र साइकल समेत तार्न समस्या भएको छ । बाढी विहान ७ बजेदेखि गाउँमा पसेको स्थानीय श्रीप्रसाद खरेलले बताए ।badhi_jhapa1-4

बाटो अबरुद्ध भएपछि विरामी लिएर आएको एम्बुलेन्स समेत रोकिएको छ । खोला गाउँ पसेर बाटो समेत अबरुद्ध भएपछि सुरुंगा बजारदेखि झापा चोकसम्म जाने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।।