काठमाण्डौ, ५ साउन
सभामुख ओनसरी घर्ती मगरले शिक्षण अस्पताल पुगेर डा. गोविन्द केसीलाई भेट्नुभएको छ । राजनीतिक भेटवार्तामा व्यस्त रहेकी घर्तीले अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
उहाँले डा. केसीको मागबारे राजनीतिक दल र संसदको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।
केसीको स्वास्थ्य विग्रँदै गएको र राजनीतिक अवस्था पनि सहज नभएको भन्दै सभामुख घर्तीले स्वास्थ्यको ख्याल गरेर अनसन स्थगित गर्न सुझाव दिनुभयो ।।